काठमाडौं , भदौ २१ : काठमाडौं महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको धर्मपथस्थित जग्गामा स्मार्ट पार्किङ निर्माण गर्न इच्छुक कम्पनीसँग आशयपत्र माग गरेको छ ।त्यस्तै दरबारमार्ग र न्युरोडस्थित असन इन्द्रचोकतर्फ जाने सडकमा मोबाइलबाट समयसीमा जानकारी लिन मिल्ने गरी दुई स्थानमा डिजिटल पार्किङ बनाउने योजना अघि बढाएको छ । लामो समयको अध्ययनपछि कामपाले धर्मपथमा निजी, स्वदेशी तथा विदेशी…