२०८३, २२ आश्विन शुक्रबार

प्रदेश नं ३ को राजधानी तोक्न सहमति खोजिदैँ : मुख्यमन्त्री पौडेल

प्रदेश नं ३ को राजधानी तोक्न सहमति खोजिदैँ : मुख्यमन्त्री पौडेल


हेटौँडा २६ कात्तिक : का मुख्यमन्त्री डोरमणि पौडेलले प्रमुख राजनीतिक दलसँगको परामर्श र सहमतिमा हेटौँडालाई प्रदेशको स्थायी राजधानी तोक्ने प्रयासमा सरकार लागिपरेको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)सँग आज कुराकानी गर्दै उहाँले भन्नुभयो,“प्रदेशको स्थायी राजधानी तोक्ने विषयमा सहमति हुने वित्तिकै प्रदेशसभाको नियमित बैठक सञ्चालन हुनेछ ।”

मुख्यमन्त्री पौडेलले प्रदेश नं ३ अन्तर्गत १३ जिल्लाका ११९ स्थानीय तहलाई समेट्ने गरी राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्ने गृहकार्य भइरहेको उल्लेख गर्दै जिल्लाको विकास योजना कार्यान्वयन गर्न सरकारी अनुदान उपलब्ध गराई सकेको जानकारी दिनुभयो ।

सरकारी सेवा प्रवाहलाई अझ बढी व्यवस्थित, पारदर्शी र जनमुखी बनाउने कार्यमा सरकार लागिपरेको छ, उहाँले भन्नुभयो, “जनतालाई केन्द्रविन्दुमा राखेर सार्वजनिक सेवालाई थप प्रभावकारी बनाई कार्यान्वयन गर्न सरकारले विकाससँग सम्बन्धित कार्यालय प्रमुखहरुलाई लिखित निर्देशन पठाइसकेको छ ।”

प्रकाशित मिति : २०७५, २६ कार्तिक सोमबार  ८ : ३९ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य