काठमाडौँ, १ असोज: नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले आज साँझ पदभार ग्रहण गर्नुभएको छ । निगमको कार्यालय नयाँ सडक पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । अध्यक्ष खरेललाई निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले स्वागत गर्नुभएको थियो । आइतबारको मन्त्रिपरिषद्को बैठकले खरेललाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो । पदभारपछि अध्यक्ष खरेलले निगमलाई थप व्यावसायिक…