२०८३, २२ आश्विन शुक्रबार

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा नगर बस सञ्चालन

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा नगर बस सञ्चालन


धुलिखेल २८ असोज: काभ्रे जिल्ला मण्डन देउपुर नगरपालिकाले नगर बस संचालनमा ल्याएको छ । हेलम्बु यातायात सेवा समितिसंग सहकार्य गरेर नगरपालिकाले नगर बस सञ्चालनमा ल्याएको हो ।

नगर बस सेवाको उद्घाटन नेकपाका बरिष्ठ नेता एव पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले उद्घाटन गरे । आइतबार उद्घाटन गरिएको नगर बस सेवा कुन्ताबेसी–देउपुर–नगरकोट, कुन्ता–नयाँगाउँ–नगरकोट, कुन्ता–ज्याम्दी–दोलालघाट र कुन्ता–चण्डेनीमण्डनमा सञ्चालन हुने नगर प्रमूख टोक बहादुर वाइबाले जानकारी दिए ।

बस सेवा उद्घाटन कार्यक्रममा पुर्ब सभासद केपि सापकोटाले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । ‘शहरमा उत्पादन भएको बेयर गाउँमा पाउने । तर गाउँमा उत्पादन भएको चाहिँ प्रमोट नगरे गाउँमा बिकास हुदैन । उनले भने ‘हरेक स्थानीय तहले अबको समाजबाट उन्मुख कार्यक्रम बनाउनु पर्छ ।’

यसैगरी पुर्ब सभासद बिदुर सापकोटाले स्थानीय तहले गरेको कर वृद्धिप्रति जनताले चासो राखेकाले जनासंग समन्वय गरि कर वृद्धि गर्नुपर्ने बताए । ‘कर जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले कर बृद्धिसँगै उत्पादन बृद्धि तर्फ पनि योजना बनाउनुपर्छ, उनले भने ‘होइन भने जनतामा गलत नजिर बस्न सक्छ ।’

कार्यक्रममा नेकपा प्रदेश नं ३ का सह इन्चार्ज हित बहादुर तामङले तिनै तहका सरकारले नयाँ तरिकाले काम गरिरहेको बताएका छन् । अहिले नेकपाले निर्वाचनको बेला गरेको प्रतिबद्धता र घोषणा पत्रका आधारमा काम गरिरहेको उनको भनाई छ ।

यसैगरी प्रदेश सांसद लक्ष्मन लम्सालले नगरपालिकाले जनताको सुखदुःखमा साथ र सहयोग गर्दै आएको भन्दै बस सेवा सञ्चालनलाई निरन्तरता दिन आग्रह गरे । त्यस्तै नेकपा काभ्रेको नेता सुर्यमान दोङले नेकपाले लिएको नीति कार्यक्रम र स्थानीय तहमा भैरहेको बिकास अभियान संगसंगै लैजाने बताए ।

बस संचालनमा आएपछि स्थानीयको जनजीवनमा सजिलो हुने स्थानीय चेतनाथ लम्सालले खबरघरलाई बताए । हेलम्बु यातायातले यो रुट्का लागि तत्कालका लागि चारवटा बस संचालन व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २०७५, २८ आश्विन आईतबार  ६ : ४६ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य