२०८३, २२ आश्विन शुक्रबार

अर्जुनचौपारी-पर्वत सडक कालोपत्रे गरिने

अर्जुनचौपारी-पर्वत सडक कालोपत्रे गरिने


स्याङ्जा, २५ असोज भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले अर्जुनचौपारी हुँदै पर्वत जाने सडक कालोपत्रे गरिने प्रतिबद्घता जनाउनुभएको छ ।

अर्जुनचौपारी गाउँपालिकास्थित दरौंँखोलामा मोटर जाने पुलको उद्घाटन गर्दै उहाँले विकासलाई तीव्रता दिइने बताउनुभयो । उहाँले अर्जुनचौपारीस्थित दरौँखोलामा रु पाँच करोड २२ लाख ९२ हजार ४०३ लागतमा निर्माण गरिएको पुलको उद्घाटन गर्नाका साथै अर्जुनचौपारी हुँदै पर्वत जोड्ने बाटाको समेत शिलान्यास गर्नुभएको छ ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले भारतीय पेन्सनरलाई पनि वृद्घभत्ता दिने बताउँदै सरकारले सबै प्रक्रिया पूरा गरेकालाई सामाजिक भत्ता उपलब्ध गराउने जानकारी दिनुभयो । उहाँका अनुसार अर्जुनचौपारी– आग्रीखर्क  पर्वत जोड्ने बाटाका लागि रु ११ करोडको बोलपत्र आह्वान गरिसकिएको छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायण मरासिनी र प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङलगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७५, २५ आश्विन बिहीबार  ९ : २२ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य