स्याङ्जा, २५ असोज भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले अर्जुनचौपारी हुँदै पर्वत जाने सडक कालोपत्रे गरिने प्रतिबद्घता जनाउनुभएको छ । अर्जुनचौपारी गाउँपालिकास्थित दरौंँखोलामा मोटर जाने पुलको उद्घाटन गर्दै उहाँले विकासलाई तीव्रता दिइने बताउनुभयो । उहाँले अर्जुनचौपारीस्थित दरौँखोलामा रु पाँच करोड २२ लाख ९२ हजार ४०३ लागतमा निर्माण गरिएको पुलको उद्घाटन गर्नाका साथै अर्जुनचौपारी हुँदै पर्वत…