ताप्लेजुङ, २ माघ:जिल्ला अस्पतालसँग दुई एम्बुलेन्स भएपनि लामो समयदेखि प्रयोगविहीन अवस्थामा हुँदा सेवाग्राही मारमा परेका छन् । एउटा एम्बुलेन्स वर्षाँैदेखि बिग्रिएर थन्किएको छ । गत भदौमा स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको अर्को एम्बुलेन्स अहिलेसम्म प्रयोगमा आउन सकेको छैन । सरकारी अनुदानमा उपलब्ध सो एम्बुलेन्स बिरामी बोक्नुको सट्टा अन्य काममा प्रयोग गर्ने गरिएको छ । चालक…