२०८३, ४ कार्तिक बुधबार

चुनावमा श्रमिकको जयजयकार, सत्तामा पुगेपछि तिरस्कार

चुनावमा श्रमिकका अधिकारको नारा, सत्तामा पुगेपछि बेवास्ता; विदेशमा असुरक्षा, स्वदेशमा अपमान-श्रमिकको पसिनामा अर्थतन्त्र चलाउने राज्यले उनीहरूकै जीवनप्रति कहिलेसम्म आँखा चिम्लिरहने ? चुनाव आउँछ, श्रमिकका मुद्दा उठ्छन्। राजनीतिक दलका घोषणापत्रमा रोजगारी सिर्जना, सुरक्षित वैदेशिक रोजगारी, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र श्रमिकको सम्मानका आकर्षक प्रतिबद्धता भरिन्छन्। नेताहरू श्रमिकका दुःख सुनाउँछन्, पसिनाको मूल्यको कुरा गर्छन् र समृद्धिको सपना…