नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल भूगोल होइन, राष्ट्रिय संवेदनशीलताको जीवित सिमाना हो। हिमाल, महाकाली नदी र अन्तर्राष्ट्रिय सीमाले घेरिएको यो जिल्ला सधैं राष्ट्रवादको अग्रपंक्तिमा उभिएको छ। यहाँ राष्ट्रियता भाषणको विषय मात्र होइन, दैनिक जीवनको अनुभूति हो । यही भूमिमा जन्मिएका गणेशसिंह ठगुन्नाको राजनीतिक यात्रा सीमाना, विकास र आत्मसम्मानको कथा बनेको…