काठमाडौं, १० चैत । फ्रान्सबाट आएकी नेपाली युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि सरकारले उनको सम्पर्कमा आएकाहरुको खोजी गर्न थालेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले काठमाडौं निवासी ती १९ वर्षीया युवतीको सम्पर्कमा आएजति सबैको खोजी थालिएको जनाएका छन् । सोमबार मन्त्रालयमै गरिएको पत्रकार सम्मेलनमा मन्त्री ढकालले भने, ‘उनको परिवारलाई सरकारको निगरानीमा होम क्वारेन्टाइनमै राखिसकिएको छ ।’…