२०८३, ७ कार्तिक शनिबार

काभ्रेका ८ वटा पालिकामा पहिलो चरणको दादुरा-रुबेला खोप कार्यक्रम सुरु

काभ्रेका ८ वटा पालिकामा पहिलो चरणको दादुरा-रुबेला खोप कार्यक्रम सुरु


धुलिखेल, २ चैतः काभ्रेमा पहिलो चरणको दादुरा-रुबेला खोप कार्यक्रम सुरु भएको छ । आइतबारबाट जिल्लाको ८ वटा पालिकामा दादुरा–रुबेला खोप कार्यक्रम सुरु भएको हो । जिल्लामा दुई चरणमा खोप कार्यक्रम हुने जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको प्रमुख डाक्टर नगेन्द्र कुमार झाले जानकारी दिए ।

पहिलो चरणको खोप कार्यक्रममा १० गतेसम्म सञ्चालन हुनेछ । खोप ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकाकालाई लगाइने छ । जिल्लाको भुम्लु, चौरीदेउराली, तेमाल, रोशी गाउँपालिका र मण्डनदेउपुर, धुलिखेल, पाँचखाल र नमोबुद्ध नगरपालिकामा पहिलो चरणको खोप कार्यक्रम सञ्चालन भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको प्रमुख डाक्टर झाले जानकारी बताए ।

दुबै चरणमा गरी जिल्लाका ३१ हजार ७ सय ९२ जना बालबालिकाले खोप लगाउने छन् । जिल्लाको ९ सय ६२ वटा खोप केन्द्र मार्फत खोप लगाउन सकिनेछ । खोप अभियानमा १ हजार ९ सय २४ जना स्वयंम सेवक र १ हजार ८७ जना खोप कार्यकर्ता परिचालन हुनेछन् ।

यो पटकको दादुरा–रुबेला खोप विशेष हुनेछ । ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकाका अभिभावकलाई पालिकाका प्रमुख वा स्वास्थ्य संस्था प्रमुखले निमन्त्रणा पत्र पठाइसकेका छन् । वडाध्यक्षले आफ्नो वडामा कुनै पनि बालबालिका दादुरा-रुबेलाको खोपबाट बञ्जित नभएको सुनिश्चितता गर्नुपर्नेछ । काभ्रे जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा भएको जिल्ला पनि हो ।

त्यस्तै दोस्रो चरणको खोप कार्यक्रम चैत १४ देखि २२ गतेसम्म जिल्लाको पाँचवटा स्थानीय तहमा सञ्चालन गरिने छ । बनेपा र पनौती नगरपालिका, बेथानचोक, खानीखोला र महाभारत गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २०७६, २ चैत्र आईतबार  ८ : ११ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना