२०८३, ७ कार्तिक शनिबार

सतुंगलबाट ६ लाख थान मास्क सहित भारतिय नागरिक पक्राउ

सतुंगलबाट ६ लाख थान मास्क सहित भारतिय नागरिक पक्राउ


काठमाडौं, ३ चैतः काठमाडौंको सतुंगलबाट करिब ६ लाख थान सर्जिकल मास्क बरामद भएको छ । चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवीस्थित एक गोदाममा राखिएका मास्क प्रहरीले बरामद गरेको हो ।

यसअघि कपनबाट १ लाख ६८ हजार थान र डल्लुबाट ७८ हजार थान मास्क बरामद भएको थियो । शनिबारयता काठमाडौंबाट आठ लाख ४० हजार थान मास्क प्रहरीले बरामद गरिसकेको छ ।

आइतबार साँझ सतुंगलका रोहित श्रेष्ठको घरको गोदाममा लुकाएर राखिएको मास्क भेटिएपछि स्थानीय प्रशासनले सिलबन्दी गरेको थियो । सोमबार बिहान खोलेर गणना गर्दा १७५ वटा बोरामा ६ लाख बढी मास्क रहेको थाहा भएको थियो । यसअघि प्रहरीले कपनको मिलन चोकबाट एक लाख ६८ हजार थान मास्कसहित ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा एक जना भारतीय नागरिकसमेत छन् ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका २३ घर भएका ३४ वर्षीय सुरज गोयल, भारतको राजस्थान घर भई बागबजार बस्ने २७ वर्षीय सुवास महेश्वरी, कपनमा पोते पसल सन्चालन गर्दै आएका २६ वर्षीय अजिम बबस मिया र मिलनचोक प्लास्टिक सप्लायर्सका २४ वर्षीय सञ्जन कुमार रेग्मी छन् । कपनबाट प्रहरीले बा ७ च ७२६३ नम्बरको गाडी, गाडी चालक र हेल्परलाई समेत नियन्त्रणमा लिएको छ ।

डल्लु, कपन र सतुंगलमा मास्क लुकाएर राख्नेहरुबीच सञ्जाल रहेको आशंकामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । नेपालमा पनि कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै बजारमा मास्क र सेनिटाइजरको अभाव भएको छ । कालोबजारी गर्नेहरुले ती सामान लुकाएर कृत्रिम अभाव सिर्जना गरेको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।

प्रकाशित मिति : २०७६, ३ चैत्र सोमबार  ११ : ३९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना