धुलिखेल, ९ असारः काभ्रेको मण्डनदेउपुर नगरपालिकामा अस्पताल निर्माणको काम धमाधम सुरु भएको छ । अस्पताल निर्माणका लागि बागमती प्रदेश सरकारले ७ करोड रुपैयाँ विनियोजन गरेको छ । अस्पताल नगरपालिकाको वडा नम्बर ७ नौबिसेमा निर्माण हुनेछ । अस्पतालको भोली बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले शिलान्यास गर्ने नगरपालिकाले जनाएको छ । एक जना डाक्टरको नेतृत्वमा…