काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि प्रशासनले गरेको भनिएको दुर्व्यवहारको विरोधमा चिकित्सकहरूले अभूतपूर्व कदम चालेका छन्। अस्पतालका करिब ४० चिकित्सकले सामूहिक राजीनामा दिएपछि आकस्मिक सेवा समेत ठप्प भएको छ। चिकित्सकहरूले अस्पतालभित्र आफूहरू असुरक्षित रहेको भन्दै घटनामा संलग्नमाथि तत्काल कारबाही, पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामा…