२०८३, ७ कार्तिक शनिबार

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी


काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या देखिएपछि उहाँलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार राति करिब ९ बजे असहज महसुस भएपछि उहाँलाई उपचारका लागि अस्पताल लगिएको हो।

चिकित्सकका अनुसार अस्पताल ल्याइँदा उहाँको रक्तचाप उच्च देखिएको थियो। साथै पेटमा ग्यासको समस्या पनि देखिएपछि थप परीक्षण र निगरानीमा राखिएको अस्पतालले जनाएको छ। वरिष्ठ कार्डियोलोजिस्ट डा. रत्नमणि गजुरेल नेतृत्वको टोलीले उपचार गरिरहेको छ।

अस्पतालले दिएको पछिल्लो जानकारीअनुसार उपराष्ट्रपति यादवको स्वास्थ्य अवस्था अहिले सामान्य र स्थिर रहेको छ। प्रारम्भिक परीक्षण रिपोर्टहरू सामान्य आएका छन् भने केही थप रिपोर्ट आउन बाँकी छ। उहाँलाई भीआईपी क्याबिनमा राखेर चिकित्सकीय निगरानी जारी राखिएको छ।

प्रकाशित मिति : २०८२, २३ चैत्र मंगलबार  १२ : १३ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने