काठमाडौं, १९ बैसाख : कोरोनाको नयाँ भेरियन्टले कोभिड– १९ नियन्त्रणको अग्रपंक्तिमा खटिएर काम गर्ने सुरक्षाकर्मी पनि संक्रमित भएका छन् । नयाँ भेरियन्टबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी संक्रमित भएका छन् । नेपाली सेनाका अनुसार कोरोनको नयाँ भेरियन्टबाट संक्रमित सैनिक भने हालसम्म देखिएका छैनन् । नयाँ भेरियन्टबाट कति सुरक्षाकर्मी संक्रमित भए भन्ने तथ्यांक भने आएको छैन । नेपाल प्रहरीका…