२०८३, १० भाद्र बिहीबार

धूमपान सेवन गर्नेलाई कोरोना संक्रमणको उच्च जोखिम

धूमपान सेवन गर्नेलाई कोरोना संक्रमणको उच्च जोखिम


तपाईले धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्नुहुन्छ ? आजै त्याग्नुहोस् । कोरोना भाइरसको उच्च जोखिम धुमपान सेवनकर्तामा बढी छ। विश्व स्वास्थ्य संगठनले प्रकाशन गरेको प्रतिवेदन अनुसार, कोभिड १९ को संक्रमण सुर्तीजन्य पदार्थको सेवनकर्तामा गम्भीर देखिएको छ। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जका सहप्राध्यापक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डाक्टर निरज बम भन्छन्, ‘धूमपानले कोरोना संक्रमणको जोखिम बढाउँछ। धूवाँले फोक्सोमा असर गर्छ। स्वासप्रश्वास प्रणालीमा क्षति पु¥याउँछ। रोग प्रतिरोधात्मक क्षमता घटाउँछ। त्यस्तालाई कोरोना संक्रमणले जटिलता ल्याउँछ।’

न्युमोनिया, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी), ब्रोङकाइटिस, दमलगायत श्वासप्रश्वासजन्य समस्या निम्त्याउने कारक तत्व धुम्रपान भएको डा। बमको भनाइ छ। सुर्र्तीजन्य पदार्थ सेवनले फोक्सोमा पहिल्यै क्षति गराइसक्ने हुँदा कोभिड १९ ले फोक्सोलाई झन बढी असर गर्ने डा। बमले बताए। श्वास प्रश्वासका साथै मस्तिष्क, मुटु र रक्त संचार प्रणालीलाई समेत धुम्रपानको सेवनबाट असर पुग्छ। क्यान्सर, दम, मुटुरोग, खोकी, मधुमेहजस्ता दीर्घ रोग लाग्नुका प्रमुख कारण पनि सुर्तीजन्य पदार्थ भएको चिकित्सकको भनाई छ।

सर्जिकल अङकोलोजी सोसाइटी अफ नेपालका अध्यक्ष एवं बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा।प्रकाशराज न्यौपानेले धुमपानका कारण रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने हुँदा कोरोना संक्रमण भए मृत्यु हुने संभावना बढी भएको बताए। उनले भने, ‘सुर्तीजन्य वस्तु सेवन गर्नेलाई कोरोना संक्रमणले गम्भीर बनाउँछ। रोग प्रतिरोधात्मक क्षमता न्यून हुने भएकोले मृत्यु हुने जोखिम पनि बढी हुन्छ।’ डा। न्यौपानेका अनुसार, धुम्रपानबाट फोक्सो, पिसाबथैली, मुख, जिब्रो, घाँटी, खानेनली लगायत शरीरका विभिन्न अंगको क्यान्सर हुन्छ।

वरिष्ठ छाति रोग विशेषज्ञ डा. बम भन्छन, ‘अभिभावकले धुम्रपान सेवन गरिरहेका छन् भने छेउमा बसेका बालबालिकामा प्रभाव पार्छ। बालबालिकाको शारिरिक एवं मानसिक विकासमा नकारात्मक असर गर्छ।’

स्वास्थ्य मन्त्रालयका अनुसार, नेपालमा हरेक वर्ष २७ हजार व्यक्तिको मृत्यु धुमपान तथा सुर्तिजन्य पदार्थ सेवनका कारण हुने गरेको छ। हरेक तीनजना नेपालीमध्ये एक जना धुम्रपान तथा सुर्तिजन्य पदार्थको अम्मली छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का निर्देशक डा बासुदेव पाण्डेका अनुसार, देखासिकी, साथीहरुको संगत, तनाबबाट मुक्त भइने भ्रम सेवनकर्तामा देखिन्छ।

अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रकाशित मिति : २०७८, १९ जेष्ठ बुधबार  ७ : ५३ बजे

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई करिब १९ करोड सहयोग घोषणा

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले भोटेकोशी

रसुवा बाढीमा १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको बाढीमा परी मृत्यु भएकामध्ये विभिन्न आठ

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । बाढीका कारण अवरुद्ध काठमाडौं-मुग्लिन जोड्ने पृथ्वी राजमार्ग बिहीबार

रसुवा बाढी अपडेट: २८ प्रहरी बेपत्ता, १६२ शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य तीव्र

भोटेकोशी बाढीबारे रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट