डडेलधुरा । संघीय सरकार मातहत रहेको डडेलधुरा अस्पताल विकास समितिको अध्यक्ष तथा सदस्य छनोट प्रक्रिया अघि बढिरहेका बेला यसको निष्पक्षता र पारदर्शितामाथि प्रश्न उठ्न थालेको छ। अस्पतालजस्तो सार्वजनिक स्वास्थ्य संस्थाको नेतृत्व चयनका लागि खुला आवेदन र अन्तर्वार्ताको प्रक्रिया अघि बढाइए पनि अन्तिम चरणमा राजनीतिक पहुँच र दबाब हावी हुन सक्ने आशंकाले डडेलधुरामा चर्चा पाएको छ।…