काठमाडौं । प्रथम राष्ट्रपति रामवरण यादवले शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्नु सबैभन्दा खतरनाक कुरा भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘विपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण कार्यक्रममा उनले देशको अर्थतन्त्र धरासाही भएको भन्दै यसको ठूलो कारण शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्नु भएको बताए । उनले भने, ‘देशको अर्थतन्त्र र कृषि धरासाही भएको…