२०८२, ५ फाल्गुन मंगलबार

शिक्षक आन्दोलनप्रति आईटिएफ लन्डनको ऐक्यवद्धता, महासचिव राईले हस्तान्तण गरे पत्र

शिक्षक आन्दोलनप्रति आईटिएफ लन्डनको ऐक्यवद्धता, महासचिव राईले हस्तान्तण गरे पत्र


काठमाडौं । जारी शिक्षक आन्दोलनलाई ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन (आईटिएफ) लण्डनले समर्थन तथा एक्यबद्धता जनाएको छ ।

फेडेरेशनका महासचिव स्टेफन कटनका तर्फबाट लिखित सन्देश बुधबार आन्दोलनका क्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीलाई हस्तान्तरण गरियो । लिखित सन्देश लिएर लन्डनबाट फर्किएका फेडेरेशनका केन्द्रीय सदस्य एवम ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले सन्देश पत्र हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा राईले राज्यसत्त्ता तथा राजनीतिक दलका केही नेताहरु पेशाकर्मीहरु तथा ट्रेड युनियन आन्दोलनप्रति अनुदार रहेको र आफ्नो अधिकार राज्यसत्तासंग खोसेर र भिडेरै लिने  बताए ।

आफुले गत चैत्र २८ र २९ मा लण्डनमा सम्पन्न ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन , लण्डनको विश्व कार्य समिति बैठकमा नेपालमा वर्तमान श्रमिक आन्दोलनमा देखिएको समस्या तथा वर्तमान शिक्षक आन्दोलनप्रति आफनो धारणा राखे पश्चात फेडेरेशनका अध्यक्ष पेडडी क्रुमलिनले नेपालको श्रमिक आन्दोलनलाई दरिलो बनाउन र शिक्षक आन्दोलनप्रति एक्यबद्धता साथै सहयोग तथा सदभाव रहने बताएका थिए ।

सो पश्चात फेडेरेशनबाट महासचिव स्टेफेन कटनले पठाएको ऐक्यबद्धता पत्रमा शिक्षकहरुको आन्दोलनप्रति फे्डेरेशनको चासो रहेको र विद्यालय शिक्षा ऐन यथाशिघ्र जारी गदैै विगतमा भएका सम्झौतहरु चाँडो भन्दा चाँडो कार्यान्वयन गर्ने व्यहोरा उल्लेख भएको लिखित सन्देश पठाएका हुन् ।

फेडेरेशनमा विश्वभर दुई करोड बढी यातायात क्षेत्रको सदस्य रही सबै महादेशहरुबाट ६० जना विश्व कार्य समिति रहेकोमा नेपालकातर्फबाट राइले सो समितिमा सन २०२९ सम्मका लागि प्रतिनिधित्व गरेका छन ।

प्रकाशित मिति : २०८२, ३ बैशाख बुधबार  ८ : २५ बजे

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा