२०८३, ६ कार्तिक शुक्रबार

सिरहाको लहानमा प्रतिबन्धित लागुऔषध सहित चार युवा पक्राउ

लहान, १ भदौ प्रतिबन्धित लागुऔषध खरिदबिक्री गरिरहेका अवस्थामा प्रहरीले सिरहाको लहान नगरपालिका–१३ स्थित बस्तीपुरबाट चार युवालाई पक्राउ गरेको छ । लहान नगरपालिका–१३ बस्तीपुरस्थित आँप बगैचामा झुपडी बनाई लागुऔषध बेचबिखन गरिरहेको अवस्थामा लहान नगरपालिका–११ निवासी १८ वर्षीय विक्रमकुमार सदाय, लहान नगरपालिका–१३ निवासी २६ वर्षीय नन्दकुमार महतो तथा १९ वर्षीय दिलीपकुमार सदाय र धनगढी नगरपालिका–११ निवासी १९…