२०८३, ६ जेष्ठ बिहीबार

सुन तस्करीका ठूला माछा जालभित्र

सुन तस्करीका ठूला माछा जालभित्र


काठमाडौं । बहुचर्चित ३३ किलो सुनकाण्डका ठूला माछाहरुलाई जालभित्र पारिसकिएको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् । सुन तस्करीमा लगानीकर्ता पत्तो लागे पनि उनीहरु मध्ये केही फरार रहेको जानकारी गृहमन्त्री थापाले दिएका छन् । हिजो मंगलबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले पछिल्लो ३र४ वर्षको अवधिमा ३८ क्वीन्टल सुन तस्करी भएको बताएका थिए ।

तस्करीका मुख्य पात्रहरु पक्राउ परिसकेको भन्दै गृहमन्त्री बादलले भनेका छन्, ‘सुन तस्करीका ठूलै माछाहरु पनि छानविनमा आएका छन् । लगानीकर्ताहरु पनि कानुनको घेरामा आइसकेका छन् र केही फरार पनि रहेका छन्, उनले भने । सुन तस्करीको सञ्जाल ध्वस्त पार्न सरकार सफल भएको उनले दावी गरेका छन् । सुन तस्करी धेरैजसो दुवहीबाट हुने गरेको पनि कार्यक्रममा उनले बताए ।

गृहमन्त्री थापाले प्रहरीको संघीय संरचना बनाउन काम थालिएको बताउँदै प्रहरीको सरुवा, बढुवा मापदण्ड बनाएर गर्ने कामको सुरुवात आफूले गरेको उल्लेख गरे । विगतमा प्रहरीको सरुवा, बढुवामा राजनीति हुने गरेको उल्लेख गर्दै गृहमन्त्री थापाले अब त्यसो हुन नदिने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०७५, २९ श्रावण मंगलबार  १० : ०२ बजे

हुम्ला-बाजुरा सीमा विवाद: राजमार्ग अवरुद्ध, संसदमा कडा प्रश्न

काठमाडौं । हुम्ला र बाजुरा जिल्लाबीचको सीमा विवाद पुनः चर्किँदा

संसद बैठकमा निर्वाचनदेखि विकास वित्तसम्मका विधेयक पेश हुने

काठमाडौँ । प्रतिनिधिसभा को बैठक आज बिहान ११ बजे सिंहदरबार

कर्णालीको ‘तेल सपना’ संकटमा? संसदमा सडक विस्तारको चर्को माग

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अमेरिका-पश्चिमलाई चुनौती दिने नयाँ धुरी ? गहिरिँदै चीन-रूस सम्बन्ध

काठमाडौं । विश्व राजनीतिमा नयाँ शक्ति समीकरण तीव्र रूपमा देखिन

प्रतिनिधिसभामा निर्वाचनसम्बन्धी दुई विधेयक दर्ता, बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा निर्वाचन प्रणालीसँग सम्बन्धित दुई वटा