२०८३, २२ आश्विन शुक्रबार

सुन तस्करीका ठूला माछा जालभित्र

सुन तस्करीका ठूला माछा जालभित्र


काठमाडौं । बहुचर्चित ३३ किलो सुनकाण्डका ठूला माछाहरुलाई जालभित्र पारिसकिएको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् । सुन तस्करीमा लगानीकर्ता पत्तो लागे पनि उनीहरु मध्ये केही फरार रहेको जानकारी गृहमन्त्री थापाले दिएका छन् । हिजो मंगलबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले पछिल्लो ३र४ वर्षको अवधिमा ३८ क्वीन्टल सुन तस्करी भएको बताएका थिए ।

तस्करीका मुख्य पात्रहरु पक्राउ परिसकेको भन्दै गृहमन्त्री बादलले भनेका छन्, ‘सुन तस्करीका ठूलै माछाहरु पनि छानविनमा आएका छन् । लगानीकर्ताहरु पनि कानुनको घेरामा आइसकेका छन् र केही फरार पनि रहेका छन्, उनले भने । सुन तस्करीको सञ्जाल ध्वस्त पार्न सरकार सफल भएको उनले दावी गरेका छन् । सुन तस्करी धेरैजसो दुवहीबाट हुने गरेको पनि कार्यक्रममा उनले बताए ।

गृहमन्त्री थापाले प्रहरीको संघीय संरचना बनाउन काम थालिएको बताउँदै प्रहरीको सरुवा, बढुवा मापदण्ड बनाएर गर्ने कामको सुरुवात आफूले गरेको उल्लेख गरे । विगतमा प्रहरीको सरुवा, बढुवामा राजनीति हुने गरेको उल्लेख गर्दै गृहमन्त्री थापाले अब त्यसो हुन नदिने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०७५, २९ श्रावण मंगलबार  १० : ०२ बजे

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख

नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १