२०८२, २ श्रावण शुक्रबार

विप्लवका दाहिने हात ‘प्रकाण्ड’लाई भोली सर्वोच्चमा पेश गरिने

विप्लवका दाहिने हात ‘प्रकाण्ड’लाई भोली सर्वोच्चमा पेश गरिने


काठमाडौँ, ३० साउन : अबैध चन्दा संकलन गरेको आरोप खेपिरहेका विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मालाई भोली सर्वेाच्च अदालतमा पेश गरिने भएको छ । एक हप्तोखि प्रहरी हिरासतमा रहेका प्रकाण्डलाई भोली सर्वोच्चमा उपस्थित गराउने महानगरीय प्रहरी परिसर काठमाडौंको तयारी छ । स्रोतका अनुसार प्रकाण्डले चन्दा उठाएको स्वीकार गरेका छन् ।

जिल्ला अदालत काठमाडौंले बुधबार मात्र उनलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। सर्वोच्चले सोमबार बाटोको म्याद बाहेक ४८ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको थियो ।विप्लव पार्टीका प्रवक्ता प्रकाण्ड हेटौंडाबाट काठमाडौं आउने क्रममा २३ साउनमा पक्राउ परेका थिए । उनलाई काठमाडौं प्रहरीको हिरासतमा राखिए पनि अनुसन्धान भने विशेष ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गरेको छ ।

प्रतिष्ठित उद्योगपतिदेखि व्यपारीहरुबाट विप्लव समूहले ठूलो रकम चन्दा उठाइरहेको सूचना गृह मन्त्रालयसम्म पुगेपछि समूहमाथि सुरक्षा निकायले निगरानी बढाएको थियो ।

प्रकाशित मिति : २०७५, ३० श्रावण बुधबार  ५ : ४३ बजे

आजको तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ ।

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो, सचेत रहन आग्रह

काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै