काठमाडौँ, १३ माघ : प्रहरीले आज दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँ नागढुङ्गा सुरक्षा चौकीमा सवारीसाधन जाँच गर्ने क्रममा लागुऔषध एक हजार ४८५ एम्पुल नाइट्राभेटसहित सर्लाही रामदाम गाउँपालिका– ७ का विकासकुमार गुप्तालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यस्तै…