२०८३, १२ बैशाख आईतबार

कल बाइपासमा संलग्न दुई भारतीय पक्राउ

कल बाइपासमा संलग्न दुई भारतीय पक्राउ


काठमाडौँ, ९ माघ :नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अवैधरुपमा अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । ब्यूरो टोलीले यही माघ ७ गते काठमाडौँ सामाखुशी रोममार्गस्थित नवराज विक्रम कुँवरको घरमा सुनसरी धरान जिमिचोकका सञ्जीव राईले भाडामा लिएको घरको एउटा कोठामा भारत जयपुरका सुनिल कुमार र राम करन जटले अवैध भिओआइपी सञ्चालन गरिरहेको बेला पक्राउ गरिएको ब्यूरोका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले जानकारी दिनुभयो । प्रहरीले उक्त कार्य सञ्चालन गर्ने उपकरणसमेत बरामद गरेको छ ।

अनुसन्धानका क्रममा अन्तर्राष्ट्रिय भिओआइपी कल चीनमार्फत ल्याउने गरेको, भारतबाट नेपाल आउँदा अवैध भिओआइपीमा प्रयोग हुने उपकरण साथमा लिइआएको, सिमकार्ड आफूलगायत विभिन्न भारतीय नागरिकको कागजातपत्रका आधारमा आफैँ लिने गरेकोजस्ता कुरा खुलेको ब्यूरोले जनाएको छ । अवैध भिओआइपीविरुद्ध ब्यूरो स्थापनकालदेखि हालसम्म १०७ स्थानमा भएको कारवाहीमा नेपाली १३० र विदेशी ३६ गरी १६६ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद लिइ अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ९ माघ बुधबार  ७ : ३४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले