२०८३, १ भाद्र मंगलबार

लागुऔषधसहित दुई जना पक्राउ

लागुऔषधसहित दुई जना पक्राउ


काठमाडौँ, १३ माघ : प्रहरीले आज दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँ नागढुङ्गा सुरक्षा चौकीमा सवारीसाधन जाँच गर्ने क्रममा लागुऔषध एक हजार ४८५ एम्पुल नाइट्राभेटसहित सर्लाही रामदाम गाउँपालिका– ७ का विकासकुमार गुप्तालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस्तै प्रहरीले काठमाडौँ महानगरपालिका– ९ स्वर्णगेट सडक किनारबाट मोरङ सुन्दर हरैया नगरपालिका– ११ का ३८ वर्षीय लोकविक्रम साहलाई लागुऔषधसहित पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले खैरो हेरोइन पाँच ग्राम र लागुऔषध बुप्रेनोर्फिन ४९ एम्पुल, डाइजेपाम ४९ एम्पुल, फेनारगन ४९ एम्पुल र नाइट्राजेपाम नाइट्राभेट ६०० ट्याब्लेट बरामद गरेको छ ।

-रासस

प्रकाशित मिति : २०७५, १३ माघ आईतबार  ९ : २८ बजे

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत