जिल्लाको पनौती नगरपालिका वडा नम्बर २ गुर्दुमडाँडाबाट ब्यवसायीक प्याराग्लाडिङ सञ्चालनमा ल्याइएको छ । शनिबारबाट सुरु भएको विहावर क्षेत्र पर्यटन महोत्सव कै दिन ब्यवसायीक प्याराग्लाडिङ सञ्चालनमा ल्याइएको हो । गुर्दुमडाँडाबाट उडेको प्याराग्लाइडिङ पनौती नगरपालिकाको वडा नम्बर ३ घिमिरे गाउँमा अतवरण गर्ने ठाउँ निर्माण गरिएको छ । कुशादेवी क्षेत्र सरोकार समाजले महोत्सव अवधिभर प्याराग्लाइडिङ सञ्चालनमा ल्याउने समाजका…