२०८३, २६ भाद्र शनिबार

कोरोना रोकथाम तथा उपचार कोषलाई सङ्घीय संसद् सचिवालयको एक करोड

कोरोना रोकथाम तथा उपचार कोषलाई सङ्घीय संसद् सचिवालयको एक करोड


काठमाडौं २५ चैत  : सङ्घीय संसद् सचिवालयले सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम,नियन्त्रण तथा उपचार कोषमा रु एक करोड एक लाख ३२ हजार ८०० जम्मा गरेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज सो रकम जम्मा गरिएको हो । कोषमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समान रु ६७ हजार ३२० जम्मा गर्नुभएको छ ।

राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले रु ७० हजार ७३० जम्मा गर्नुभएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलका तर्फबाट १९५ जना सांसदको रु ६३ लाख दुई हजार ५९० कोषमा जम्मा गरिएको छ । सङ्घीय समाजवादी फोरमका सांसद प्रदीप यादवको रु ६४ हजार ७०, राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलको रु ३२ हजार ३५ कोषमा जम्मा गरिएको छ ।

सभामुख, अध्यक्ष तथा सांसदको निजी सचिवालयका कर्मचारीको रु २१ लाख ४६ हजार ८५६, सचिवालयका स्थायी कर्मचारीको रु ११ लाख १७ हजार ९७९, करारका कर्मचारीको रु दुई लाख ६३ हजार ९०० जम्मा गरिएको छ । कोषका हालसम्म रु एक अर्ब ८३ करोड ७७ लाख ८० हजार ६२० बराबरको रकम जम्मा भएको छ ।

रासस

प्रकाशित मिति : २०७६, २५ चैत्र मंगलबार  ४ : ०४ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।