२०८३, २१ आश्विन बिहीबार

काभ्रे उद्योग वाणिज्य संघद्वारा विपद् ब्यवस्थापन समितिलाई खाद्यान्न सहयोग

काभ्रे उद्योग वाणिज्य संघद्वारा विपद् ब्यवस्थापन समितिलाई खाद्यान्न सहयोग


धुलिखेल, १५ चैतः उद्योग वाणिज्य संघ काभ्रेले विपद् ब्यवस्थापन समितिलाई खाद्यान्न सहयोग हस्तान्तरण गरेको छ । १२ बोरा चामल, दुई बोरा चिउरा, एक बोरा रातो दाल, दुई बोरा मस्याउरा, एक बोरा नुन र दुई बाक्सा खाने तेल हस्तान्तरण गरेको संघका अध्यक्ष प्रकाश मानन्धरले जानकारी दिए ।

संघले काभ्रेका प्रमुख जिल्ला अधिकारी एवं कोरोनाभाइरस कमाण्ड फोर्सका संयोजक श्रवण कुमार तिमिल्सिनालाई खाद्यान्न हस्तान्तरण गरेको हो । त्यस्तै संघले विभिन्न संघसंस्थासँगको सहकार्यमा ५० वटा क्वारेन्टाइन वेडलाई आवश्यक पर्ने सामग्री पनि हस्तान्तण गरेको अध्यक्ष मानन्धरले बताए ।

जिल्ला विपद् ब्यवस्थापन समितिले वाणिज्य संघलाई एक सय वेड क्वारेन्टाइनका सामग्री ब्यवस्था गर्न भनेको थियो । संघका अध्यक्ष मानन्धरले तत्काललाई ५० वेडका लागि सहयोग उपलब्ध गराएको र बाँकी पनि गर्दै जाने बताए ।

प्रकाशित मिति : २०७६, १५ चैत्र शनिबार  ४ : ०३ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी