रामेछाप, ३० कात्तिक : अर्थमन्त्री डा युवराज खतिवडाले २०७२ सालको भूकम्पले क्षति पु¥याएका संरचनाहरुको पुनःनिर्माणका लागि बजेटको अभाव नरहेको बताउनुभएको छ । रामेछापको मन्थली नगरपालिका–८ स्थित गाईखुरामा निर्माण गर्न लागिएको एकीकृत नमूना बस्तीको आज अवलोकन गर्दै अर्थमन्त्री खतिवडाले भूकम्पपछिको पुनःनिर्माणमा देखिएको बजेट समस्यालाई व्यवस्थापन गर्ने कार्यमा सरकार जुटेको बताउनुभएको हो । उहाँले पुनःनिर्माणको कार्यमा सरकारले…