काठमाडौँ, २ असोज ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाले अवलोकनका लागि आउनेलाई आजदेखि शनिबारसम्म प्रवेश शुल्कमा छुटको व्यवस्था गरेको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा चिडियाखाना व्यवस्थापन समितिले प्रवेश शुल्कमा छुट दिने निर्णय गरेको हो । चिडियाखानाका सूचना अधिकारी लिना चालिसेका अनुसार १२ वर्ष उमेरसम्मका बालबालिकालाई यस समयमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ…