काठमाडौं । नेकपा एमालेका केन्द्रीय सचिव राजन भट्टराईले एमालेविरुद्ध योजनाबद्ध रूपमा भ्रम फैलाउने काम भइरहेको आरोप लगाएका छन्। देश गम्भीर मोडमा रहेको उल्लेख गर्दै उनले पार्टीविरुद्ध फैलाइएका भ्रमको प्रतिवाद गर्न प्रवासमा रहेका नेपालीहरू सक्रिय हुनुपर्ने बताएका छन्। प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशनको लोगो सार्वजनिक गर्दै सचिव भट्टराईले एमालेविरुद्ध भइरहेका प्रचारप्रसारप्रति आपत्ति जनाएका हुन्।…