२०८३, १६ कार्तिक सोमबार

सूर्यविनायक नगरपालिकाको धिमे बाजा प्रतियोगिताको विजेता बन्यो नासः धिमे खल

सूर्यविनायक नगरपालिकाको धिमे बाजा प्रतियोगिताको विजेता बन्यो नासः धिमे खल


भक्तपुर।  नगद रु ७५ हजार पुरस्कार सहित सूर्यविनायक नगरपालिका–१ सिरुटारको नासः धिमे खलःले सूर्यविनायक नगरस्तरीय धिमे बाजा प्रतियोगिता–२०८३ को विजेता बन्न सफल भएको छ ।

आज सूर्यविनायक गणेश मन्दिर परिषरमा सूर्यविनायक नगरपालिकाले आयोजना गरेको धिमे बाजा प्रतियोगितामा नगद पुरस्कार सहित प्रमाण प्रत्र तथा ट्रफी प्राप्त गरेको छ । सूर्यविनायक–१ कै लुनिभा धिमे बाजा खलःले दोश्रो हुदै रु. ५० हजार नगद पुरस्कार सहित प्रमाण प्रत्र तथा ट्रफी प्राप्त गरेको छ ।
प्रतिस्पर्धामा वडा नं १० को सिमलटार बाजा खलले तेस्रो स्थान प्राप्त गर्दै नगद रु २५ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । 

प्रतियोगितामा सहभागि प्रतिस्पर्धी सबै टोलीले धिमे बाजा टोलीलाई नगरपालिकाले नगद पाँच हजार तथा प्रमाणपत्र प्रदान गरेको छ । त्यसैगरी नगर प्रमुखले आफ्नो व्यक्तिगत तर्फबाट सहभागि १० वटा टोलीलाई थप ५÷५ हजार प्रदान गर्ने घोषणा पनि गर्नुभएको छ ।

वागमती प्रदेशका मुख्य मन्त्री किरण थापाले उद्घाटन गर्नु भएको थियो । मुख्यमन्त्री थापाले धर्म, संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धनमा प्रदेश सरकारले जोड दिँदै आएको बताउनुभयो । उहाँले मौलिक कला र संस्कृतिको संरक्षणका लागि स्थानीय तहबाट गरिने प्रयासमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

विजयी टोलीलाई नगर प्रमुख थापाले पुरस्कार वितरण गर्दै उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बतउनुभयो । उहाँले प्रतियोगितालाई जित–हारको विषयभन्दा पनि मौलिक संस्कृति संरक्षण गर्ने अभियानका रूपमा लिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराईले धिमे बाजा लगायत बिभिन्न परम्परागत कला र संस्कृतिको संरक्षणका लागि नगरपालिकाले यस प्रकारको कार्यक्रमलाई अझै प्रोत्साहन दिने बताउनुभयो । उहाँले यस्तो प्रतियोगिताले परम्परागत संस्कृतिके संरक्षण र पुस्तान्तरणमा टेवा पुग्ने बताउनुभयो । 

कार्यक्रमका सभापति, सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष एवं आर्थिक विकास समितिका संयोजक पुष्पराज बस्नेतले प्रतियोगितामा नगर भित्रका १३ वटा धिमे बाजा टोलीले प्रतिस्पर्धा गरेको बताउनुभयो । यो प्रतियोगिताले परम्परागत नेवारी कला तथा संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको र स्थानीय कला, संस्कृति र मूर्त तथा अमूर्त कलाको संरक्षण हुने बताउनुभयो ।

कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थ र वडा नं. १० का वडाध्यक्ष शिवराम राउतले यस प्रकारको प्रतियोगिताले स्थानीय सांस्कृतिक पहिचानको संरक्षण, परम्परागत बाजाको प्रवद्र्धन तथा नयाँ पुस्तामा मौलिक संस्कृतिप्रति रुचि बढाउन योगदान पु¥याउने अपेक्षा गरिएको बताउनभयो । 

पर्यटन शाखा प्रमुख पुष्पा कुमारी पाण्डेले धिमे बाजाको मौलिकता जोगाउँदै नयाँ पुस्तालाई आफ्नो कला, संस्कृति र परम्पराको संरक्षणमा प्रेरित गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

प्रकाशित मिति : २०८३, २३ आश्विन शनिबार  १० : ०८ बजे

काठमाडौँमा ‘काठमाडौँ हरर फिल्म फेस्ट’ : आज साँझ समापन

काठमाडौँ । प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने अन्तर्राष्ट्रिय पर्व

नबिल बैंकको नाफामा उछाल : तीन महिनामै कमायो २ अर्ब ५५ करोड, वृद्धि ४५ प्रतिशत

काठमाडौं । नबिल बैंकले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो

मुख्यमन्त्री थापाद्वारा नेपाल–कोरिया मैत्री अस्पतालको आकस्मिक अनुगमन

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई सहज,

नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : विनायक शाह

काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई

आजदेखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने, सवारीसाधनअनुसार ६० देखि ६०० रुपैयाँसम्म

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग