काभ्रेपलाञ्चोक, १४ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लगानी सम्मेलनमा आउने विदेशी पाहुनालाई नेपाल नवनिर्माणको अवस्थामा रहेको सन्देश दिइने बताउनुभएको छ । बनेपा नगरपालिकाको ३८औँ स्थापना दिवस तथा साक्षर नगरपालिका घोषणा कार्यक्रममा उहाँले भन्नुभयो, “हामी नयाँ ढङ्गले मुलुकलाई समृद्ध बनाउँदैछौँ, लगानी सम्मनेलनमा आउने पाहुनालाई सोही सन्देश दिनेछौँ ।” मन्त्री बाँस्कोटाले करीब ३०० लगानीकर्ता…