२०८३, २ आश्विन शनिबार

पाहुनालाई नवनिर्माणको सन्देश : मन्त्री बाँस्कोटा

पाहुनालाई नवनिर्माणको सन्देश : मन्त्री बाँस्कोटा


काभ्रेपलाञ्चोक, १४ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लगानी सम्मेलनमा आउने विदेशी पाहुनालाई नेपाल नवनिर्माणको अवस्थामा रहेको सन्देश दिइने बताउनुभएको छ । बनेपा नगरपालिकाको ३८औँ स्थापना दिवस तथा साक्षर नगरपालिका घोषणा कार्यक्रममा उहाँले भन्नुभयो, “हामी नयाँ ढङ्गले मुलुकलाई समृद्ध बनाउँदैछौँ, लगानी सम्मनेलनमा आउने पाहुनालाई सोही सन्देश दिनेछौँ ।”

मन्त्री बाँस्कोटाले करीब ३०० लगानीकर्ता आउने योजना भए पनि ७०० भन्दा बढी विदेशीले लगानी सम्मेलनमा सहभागिता जनाउनु नै सरकारका लागि उत्साहप्रद रहेको बताउनुभयो । उहाँले नेपाल नवनिर्माणको अवस्थामा रहेको मुलुक भएकाले पनि लगानीकर्ताको आकर्षण बढेको दाबी गर्नुभयो । “विविधताले भरिएको हाम्रो मुलुकमा लगानीकर्ताको आकर्षण बढ्नु स्वाभाविक हो, त्यसैले सहभागिता बढ्दैछ, हामी प्रस्ताव गर्छौँ, उनीहरुले लगानी गर्न चाहेअनुसारको वातावरण सिर्जना गर्नेछौँ”, मन्त्री बाँस्कोटाले भन्नुभयो ।

वर्तमान सरकारको कार्यशैली र समृद्धि यात्राबारे विश्लेषण गरेरै लगानीकर्ता नेपालप्रति उत्साहित भएको उहाँको भनाइ थियो । मन्त्री बाँस्कोटाले लगानी सम्मेलनमा काभे्रपलाञ्चोकमा सुनकोशी–३ जलविद्युत् योजनालगायत पाँच योजना प्रस्ताव गरिने बताउनुभयो । “जिल्लामा जलविद्युत्, अस्पताल तथा कृषिका क्षेत्रमा लगानी गर्न प्रस्ताव गर्दैछौँ”, उहाँले भन्नुभयो, “यी क्षेत्रमा उनीहरुले लगानी गर्ने अपेक्षा गरेका छौँ ।” उहाँले जिल्लामा रहेको सूचना प्रविधि पार्कमा सुरक्षण प्रेस स्थापनार्थ फ्रान्स सरकारसँग प्रारम्भिक सहमतिमा आफैँले हस्ताक्षर गरेको जानकारी दिनुभयो । मन्त्री बाँस्कोटाले फरक प्रसङ्गमा सरकारलाई कमजोर नठान्न आग्रह गर्नुभयो । “नेपालले कुनै प्रकारका हिंसा सहँदैन”, उहाँले भन्नुभयो, “कुण्ठा पालेर केही युवालाई बिगार्ने काम नगर्नुहोला, कम्युनिष्टको पवित्र झण्डालाई सम्मान गर्नुस् ।” आतङ्कवादलाई पराजित गर्न सरकार सक्षम रहेको उहाँको दाबी थियो ।

सांसद नविना लामाले नवनिर्माणको अवसरलाई चुनौतीका साथ अगाडि बढाइने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी ऐसआराम गर्न सरकारमा गएका हैनौँ, जनताले काम गर्न पठाउनुभएको हो, हामीले निर्वाचनमा झुठो आश्वासन बाँडेका हैनौँ, सबै वाचा क्रमैसँग पूरा गर्छौं ।” प्रदेशसभा सदस्य वसुन्धरा हुमागाईंले नगरपालिकाको समृद्धिको यात्रामा सहयोग गर्ने बताउनुभयो । नगरप्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठले नगरपालिकाले हालसम्म गरेका कामको जानकारी गराउनुभएको थियो । सो अवसरमा बनेपा नगरपालिकाका संस्थापक नगरप्रमुख डा सुरेन्द्र वादे श्रेष्ठ, संस्कृतिविद् ज्ञानकाजी मानन्धर, नगरका ज्येष्ठ नागरिक, नगरका उत्कृष्ट कर्मचारी तथा उत्कृष्ट विद्यार्थीलाई स्म्मान गरिएको थियो । रासस

प्रकाशित मिति : २०७५, १४ चैत्र बिहीबार  ७ : १६ बजे

संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नागरिक स्वतन्त्रता, कानुनी शासन,

टुँडिखेलमा संविधान दिवसको विशेष समारोह

काठमाडौं । संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह

गगनको ओली-प्रचण्डलाई जवाफ : ‘रास्वपालाई अलग गर्न मिल्दैन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका नाममा राजनीतिक

संविधानको सफलता नागरिकले अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा मगर

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संविधानको सफलता

संविधान दिवसमा इनरुवामा देखियो उत्सव

इनरुवा । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शनिबार सुनसरी