काठमाण्डौ, ५ बैशाख: काभ्रेको धुलिखेलमा रहेको सामुदायिक रेडियो नमोबुद्ध १०६.७ मेगाहर्जले खाना र खाजा बनाउने तरिका सिकाउन थालेको छ । स्थापना कालदेखि नै हिन्दी गीतको सट्टा स्थानीय जाती र भाषाको गीत प्रसारण आएको रेडियोले लोप हुदैँ गएका खाना बनाउने तरिका सिकाउन कार्यक्रम प्रसारण सुरु गरेको हो । ह्योल्मो, दनुवार, माझी, जिरेल, शेर्पा लगायत जातिका भाषाको…