२०८३, ८ कार्तिक आईतबार

नयाँ वर्ष मनाउनेहरुले भरियो काभ्रेका पर्यटकीय स्थलहरु

नयाँ वर्ष मनाउनेहरुले भरियो काभ्रेका पर्यटकीय स्थलहरु


धुलिखेल १ बैशाख: वि सं २०७६ साल सुरु भएको आज पहिलो दिन । नयाँ वर्ष मनाउनेहरुले काभ्रेको पर्यटकीय स्थलहरु भरिएका छन् । राजधानी काठमाण्डौँ उपत्यकाका साथै, छिमेकी जिल्लाका विभिन्न सङ्घसंस्था, समूहहरु नयाँ वर्ष मनाउन काभ्रे आइपुगेका छन् ।

राजधानीबाट नजिक काभ्रेको सदरमुकाम धुलिखेलस्थित फिक्निक पार्क, देविस्थान डाँडा, हजार सिँढी लगायतका ठाउँमा पर्यटकहरुको संख्या ह्वात्तै बढेको छ । त्यसैगरी नमोबुद्ध, दोलालघाट, पलाञ्चोक, नगरकोट, भकुण्डे, नौबिसेलगायत सुनसान तथा पर्यटकीय स्थलहरुमा वनभोज र विभिन्न साँस्कृतिक कार्यक्रम गरी नयाँ बर्ष मनाउनेहरुको चहलपहल विहानै देखि देखिएको छ ।

नयाँ वर्षको पूर्वसन्ध्यामा शनिबार बेलुका धुलिखेल र नगरकोट गुञ्जयमान बनेको थियो । धुलिखेलमा रहेका ठूला होटलहरुमा भेला भएका आन्तरिक तथा बाह्य पयर्टकहरुले रमाइलो गरी २०७५ सालको बिदाई र नयाँ वर्ष २०७६ सालको स्वागत गरेका छन् । राति अबेरसम्म पनि धुलिखेल संगीतमय बनेको थियो ।

नयाँ वर्षमा विभिन्न ठाउँबाट मानिसहरुको उपस्थिति धुलिखेलमा धेरै हुने र अप्रिय घटना हुन सक्ने भन्दै प्रहरीले आफ्नो सक्रियता अघिल्लो दिनको तुलनामा निकै बढाएको छ ।

प्रकाशित मिति : २०७६, १ बैशाख आईतबार  १२ : ३१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना