२०८३, २० भाद्र आईतबार

जनताको घरदैलोमा बिकासको लहर : मन्त्री बाँस्कोटा

जनताको घरदैलोमा बिकासको लहर : मन्त्री बाँस्कोटा


काभ्रेपलाञ्चोक, २५ चैत सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनता बसेको स्थानसम्म विकासका हरेक कामहुने बताउनुभएको छ ।


एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोग तथा जिल्लास्थित पुन: निर्माण प्राधिकरणको समन्वयमा मण्डन देउपुर नगरपालिका–२ वालुवापाटीस्थित वालुवा माध्यमिक विद्यालयको नवनिर्मित १८ कोठे दुईतले दुईवटा भवनको सोमबार उद्घाटन एवं हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो ‘जनता बसेको स्थानसम्म विकास पु¥याइन्छ, सरकारको सम्पूर्ण प्रयास जनताको समृद्धि र सुखमा मात्रै केन्द्रीत छ ।’ उहाँले नेता बसेको स्थानमा नभई, जनता बसेको स्थानमा मात्रै विकासको कामहुने दावी गर्नुभयो ।


मन्त्री बाँस्कोटाले ‘सरकारले समृद्धिको यात्रामा हालाई सबैलाई पायक पर्ने मूल सडक मात्रै बनाउँछ’ भन्नुभयो । ‘जनतालाई सुविधा दिन प्राथमिकताका आधारमा मूल सडक सरकारले बनाउँछ’ उहाँले थप्नुभयो ‘नेताहरुले आफ्नो घरसम्म पुग्ने सडक आफैंले बनाउनुपर्छ ।’ उहाँले सरकारले हाल बजेटको सुनिश्चतताका आधारमा विकासको बाटो तय गरिरहेको बताउनुभयो ।


मन्त्री बाँस्कोटाले एक बर्षभित्र सामुदायिक माध्यमिक विद्यालयलाई प्रविधिमैत्री बनाइने बताउनुभयो । उहाँले भन्नुभयो ‘सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीले एक बर्षभित्र आफ्ना पाठ्यक्रम कम्प्युटरमार्फत पढ्न पाउने वातावरण तयार गर्छौँ ।’ उहाँले मुलुकका आठ हजार माध्यमिक विद्यालयमध्ये यो बर्ष चार हजार विद्यालय र बाँकी अर्को बर्ष सबै मावि प्रविधिमैत्री बनाइसक्ने बताउनुभयो । उहाँले शिक्षा महंगो शुल्न तिरेर मात्र पाइने सोच बदल्नुपर्ने बताउँदै केही बर्षभित्र सामुदायिक विद्यालयलाई गुणस्तरीय बनाइछाड्ने दावी गर्नुभयो ।


मन्त्री बाँस्कोटाले केही बर्षभित्रै नीजि विद्यालयका सञ्चालकले सरकारसँग आफ्नो विद्यालय जिम्मा लिन आग्रह गर्ने दावी गर्नुभयो । उहाँले भन्नुभयो ‘सामुदायिक विद्यालयको गुणस्तरले केही बर्षभित्रै नीजि विद्यालयका सञ्चालक टाउकोमा हात राखेर आफ्नो विद्यालय सरकारलाई जिम्मा लगाउन आउँछन् ।’ उहाँले अंगे्रजी बोल्दैमा गुणस्तरीय शिक्षा नहुने दावी गर्दै क्रमैसँग सामुदायिक विद्यालयले अंगे्रजी माध्यमबाट शिक्षण भइरहेको बताउनुभयो ।


यसअघि आजै मन्त्री बाँस्कोटाले मण्डन देउपुर नपा–२ नगरकोटमा एशियाली विकास बैंक ९एडीबी०को ऋण सहयोगमा जिल्लास्थित पुनःनिर्माण प्राधिकरणको समन्वयमा मण्डन देउपुर नगरपालिका–२ नगरकोटस्थित महाकाली माध्यमिक विद्यालयको नवनिर्मित १८ कोठे दुईतले दुईवटा भवनको आज उद्घाटन एवं हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षकहरु घरघरमा गएर आफ्नो गुणस्तर बृद्धिको प्रक्रिया अभिभावकलाई अवगत गराउँदै सामुदायिक विद्यालयमा बालबालिकालाई भर्ना गराउन आग्रह गर्नुभएको थियो । उहाँले शिक्षकप्रति लक्षित गर्दै भन्नुभयो ‘हामी सामुदायिक विद्यालयको गुणस्तर बढाउँदै लैजान्छौँ, अंगे्रजी बोल्नुमात्रै गुणस्तरीय शिक्षा भन्ने भ्रमबाट अभिभावकलाई मुक्त गराउनुस् ।’


कार्यक्रममा मण्डन देउपुर नपाप्रमुख टोकबहादुर तामाङले शिक्षकले आफ्नो जिम्मेवारीप्रति कर्तव्यनिष्ट हुनुपर्ने बताउँदै सरकारले तोकेको मापदण्डमा चल्नुपर्ने बताउनुभयो । पुनःनिर्माण प्राधिकरण केन्द्रीय कार्यान्वन इकाई (शिक्षा) प्रमुख इमनारायण श्रेष्ठले भुकम्पले क्षतिग्रस्त विद्यालयमध्ये चार हजार दुई सय विद्यालय निर्माण सम्पन्न भैसकेको र मध्ये दुई हजार पाँच सय विद्यालय निर्माणाधीन चरणमा रहेको जानकारी दिनुभयो ।


सो अवसरमा विद्यालय निर्माणमा सहयोग पु¥याउने इन्जिनियरद्वय सोभित श्रेष्ठ र प्रज्ज्वल केसी तथा सहायक इन्जिनियरत्रय गणेश मैनाली, राजिव सापकोटा र पवन भट्टलाई सम्मान गरिएको थियो । रासस : राजकुमार पराजुली

प्रकाशित मिति : २०७५, २५ चैत्र सोमबार  १० : १५ बजे

निर्माण व्यवसायी संघ काभ्रेको नयाँ नेतृत्व चयन, अध्यक्षमा अकुर प्रसाद गौतम

काभ्रे । निर्माण व्यवसायी संघ, काभ्रेको १५औँ साधारण सभा तथा

राप्रपामा धक्का : महामन्त्री शरदराज पाठकले छाडे पार्टी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको

कांग्रेसमा फेरि बढ्यो विवाद : ‘महाधिवेशन अघि बढे पार्टी फुट्न सक्छ’ भन्दै रमेश लेखकको चेतावनी

कञ्चनपुर । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान हुनुको साटो झन्

बाढी उद्धारमा आईजीपी कार्कीको निर्देशन : ‘कुनै कसर बाँकी नराख्नु’

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा

भोटेकोशी बाढी : ११औँ दिनसम्म ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र

काठमाडौं । भोटेकोशी बाढी आएको ११औँ दिनसम्म जलविद्युत् आयोजनाका सुरुङ