२०८३, ११ बैशाख शनिबार

ओखलढुंगा जीप दुर्घटनामा ज्यान गुमाएका सबैको सनाखत

ओखलढुंगा जीप दुर्घटनामा ज्यान गुमाएका सबैको सनाखत


काठमाण्डौ, चैत १७: ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ६ डडुवाडाँडाको जीप दुर्घटनामा परी ज्यान गुमाएका सबैको सनाखत भएको छ ।

मुत्यु हुनेमा ताप्लेजुङ जिल्लाको ओलाङचुङगोलाका ५५ वर्षीय मिङ्मा शेर्पा र ४५ वर्षीय साङ्गेल शेर्पा रहेका छन् । त्यस्तै काठमाण्डौ बौद्ध बस्ने ३५ वर्षीय नुर्बु शेर्पा, ४० वर्षीय ङ्वाङ सेर्तुङ शेर्पा, वाङ्दा शेर्पा र डोमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

घाइतेको भने परिचय खुल्न सकेको छैन् । घाइतेहरुको उदयपुरको घुर्मिमा रहेको अस्पतालमा उपचार भइरहेको छ । घटनामा तीन जना घाइते छन् ।

सोलुखुम्वुको सोलुगुम्बाबाट काठमाडौं तर्फ आउँदै गरेको बा१६च २२०७ नम्वरको स्कोरपियो मानेभञ्ज्याङ( ६ स्थित सडकबाट ५ सय मिटर तल पिपल खोलामा खसेको थियो ।

प्रकाशित मिति : २०७५, १७ चैत्र आईतबार  ३ : १० बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले