काठमाडौँ ३० माघ । सरकारले नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेको पाँच घण्टामै छाड्न बाध्य भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर राज्यविरुद्धको कसुर मुद्दामा पक्राउ पुर्जी थमाएर बिहीवार दिउँसो झाँक्री निवासबाटै पक्राउ गरिएको थियो । तर सरकारले पक्राउ गरेर झाँक्रीलाई पाँच घण्टाभन्दा बढी हिरासतमा राख्न सकेन । सामान्य सोधपुछ…