२०८२, २९ असार आईतबार

वैकल्पिक सरकारबारे प्रधानन्यायाधीशको चासो

वैकल्पिक सरकारबारे प्रधानन्यायाधीशको चासो


काठमाडौं, ७ माघ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधिसभा विघटन अस्वीकार गर्दा संविधानको धारा ७६ को उपधारा १ बमोजिमको सरकार बन्न नसक्ने विषयमा रिट निवेदकका कानुन व्यवसायीलाई प्रश्न सोधेका छन् ।

संविधानको उक्त धारामा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने व्यवस्था छ । संसद् पुनर्स्थापनाको मागसहित दायर भएका रिट निवेदकको पक्षमा बहस गर्ने कानुनव्यवसायीसँग प्रधानन्यायाधीश राणाले यस्तो जिज्ञासा राखेका हुन् ।

संविधानको धारा ७६ को उपधारा १ अनुसार सरकार बन्ने अवस्था रहेसम्म उपधारा २, ३ वा ५ अनुसार सरकार गठनको बाटो खुल्छ वा खुल्दैन ? ,’ संवैधानिक इजलासबाट राणाको प्रश्न थियो ।

संसद्मा ठूलो दल नेकपामा विभाजन नभएको, संसदीय दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव समेत नआएको, सत्तारुढ दलको १३८ जनाभन्दा बढी सांसद् रहेको अवस्थामा संसद् विघटन भएको अवस्था दर्शाउँदै राणाले अर्को सरकार गठनको विकल्पबारे जिज्ञासा राखेका थिए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रकाशित मिति : २०७७, ७ माघ बुधबार  ७ : ४५ बजे

मन्त्री गुप्ताद्वारा स्पष्टिकरण : तथ्यमा आधारित पत्रकारिताका लागि आग्रह

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी

भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २१२औँ

राष्ट्रपति पौडेलले दिए भानुभक्त जन्मजयन्तीको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म