रामेछाप । लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँले स्थानीय महिलाहरूलाई स्थानीय उत्पादनमा आधारित उद्यममा जोड्न गाउँमा नै उत्पादन हुने कोदोको कुकिज बनाउने तालिम दिन सुरु गरेको छ । स्थानीय उत्पादनसँग जोडेर आर्थिक विकासको लागि महिलाहरूमा रोजगारी सृजना गर्न तालिम सञ्चालन गरिएको वडाध्यक्ष प्रदीप तामाङले जानकारी दिए । तालिममा स्थानीय १५ जना भन्दा बढी महिलाहरूको सहभागिता रहेको छ…