२०८२, १७ भाद्र मंगलबार

चिया र अलैँची अनुसन्धान केन्द्र स्थापनाको पहल

विराटनगर । चिया उत्पादनको उद्गम भूमि इलाममा चिया र अलैँचीबारे व्यवस्थित रुपमा अनुसन्धान गरिने भएको छ । यसका लागि चिया तथा अलैँची अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ । राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धान केन्द्र स्थापना हुने भएको हो । इलाम नगरपालिका–१ साँखेजुङमा बन्ने अनुसन्धान केन्द्रका लागि प्रारम्भिक चरणको काम सुरु भइसकेको छ ।…