२०८३, ७ कार्तिक शनिबार

आधुनिक र प्रविधिको प्रयोगबाट कृषिमा उत्पादन बढाउने बाटोमा लैजानुपर्छ : प्रधानमन्त्री

आधुनिक र प्रविधिको प्रयोगबाट कृषिमा उत्पादन बढाउने बाटोमा लैजानुपर्छ : प्रधानमन्त्री

धान दिवसको अवसरमा शुभकामना


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज धान दिवसको अवसरमा शुभकामना दिएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले अब रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानु आवश्यक रहेको बताए ।

उनले भने,‘माटोमा जीवनको सुगन्ध, पानीमा पसिनाको पूजा र यसबाट धानका बाला झुलाउने सपना – यो हाम्रो परम्परादेखि चल्दै आएको रोपाइँ संस्कृति हो । आज देश बाहिर भए पनि, बाल्यकालदेखिका रोपाइँको सम्झना आइरहेको छ। तर अब हामीले रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानु पर्छ। त्यसका लागि सरकारले कृषि आधुनिकीकरणको कार्यक्रम ल्याएको छ।’

उनले कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाउनु पर्ने धारणा राख्दै दहीचिउरा खाने दिन तथा धान दिवसको सबैलाई शुभकामना दिए ।

प्रकाशित मिति : २०८२, १५ असार आईतबार  ८ : ३८ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने