२०८३, ७ कार्तिक शनिबार

कोदाको पिठोबाट बिस्कुट बनाउँदै दुरागाउँका महिलाहरू

कोदाको पिठोबाट बिस्कुट बनाउँदै दुरागाउँका महिलाहरू


रामेछाप । लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँले स्थानीय महिलाहरूलाई स्थानीय उत्पादनमा आधारित उद्यममा जोड्न गाउँमा नै उत्पादन हुने कोदोको कुकिज बनाउने तालिम दिन सुरु गरेको छ ।

स्थानीय उत्पादनसँग जोडेर आर्थिक विकासको लागि महिलाहरूमा रोजगारी सृजना गर्न तालिम सञ्चालन गरिएको वडाध्यक्ष प्रदीप तामाङले जानकारी दिए । तालिममा स्थानीय १५ जना भन्दा बढी महिलाहरूको सहभागिता रहेको छ ।

पहिलो चरणमा बिस्कुट बनाउने तालिम दिइने बताउँदै तामाङले महिलाहरूले व्यावसायिक रूपमा काम सुरु गरेपछि थप आइटम बनाउने तालिम पनि दिने बताए । ‘पहिला यसमा राम्रो जान्ने हुन्, त्यसपछि यसका थप भेराइटीहरु पाउरोटी लगायतका परिकार बनाउने तालिम पनि दिने योजनामा छौं,’ उनले भने ।

कोदोको पिठोबाट यस्ता सामाग्री बन्ने रहेछ भन्ने कुरा आफूहरूले थाहा पाएको बताउँदै सहभागी महिलाहरू तालिम सिकेर बिस्कुट कारखाना खोल्ने योजना सुनाउँछन् । आफूहरूले उत्पादन गरेका स्थानीय पौष्टिक बिस्कुट गाउँपालिकाका विद्यार्थीहरूलाई खाजाको रूपमा पुर्याउने योजना उनीहरूको छ ।

महिलाहरूले तालिम सिकेपछि उद्योग सञ्चालनको लागि आवश्यक उपकरण, फर्निचरलगायत सक्दो सहयोग गर्ने वडाध्यक्ष तामाङले बताए । स्थानीय उत्पादनसँग जोडिएका उद्योग प्रवर्धन गर्न सक्दो सहयोग गर्ने उनले बताए । 

दुरागाउँ र आसपासको क्षेत्र राम्रो कोदो उत्पादन हुने क्षेत्र हो । त्यहाँ उत्पादन भएको कोदामा आधारित भएर उद्योग सञ्चालन गर्ने हो भने स्थानीय उत्पादनले राम्रो मूल्य पाउनुको साथै उद्यमी महिलाहरूले पनि राम्रो आमदानी गर्न सक्ने तामाङको भनाइ छ ।

प्रकाशित मिति : २०८२, १७ जेष्ठ शनिबार  ६ : ०१ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने