२०८२, ३० जेष्ठ शुक्रबार

कालीमाटीमा भित्रिदै गरेका १७४ प्रकारका तरकारीमा वषादीको अवशेष

कालीमाटीमा भित्रिदै गरेका १७४ प्रकारका तरकारीमा वषादीको अवशेष


काठमाडौ । काठमाडौँको कालीमाटी तरकारी बजारमा नेपालका विभिन्न ठाउँबाट भित्रिएका तरकारीमा विषादीको अवशेष मापदण्डभित्र रहेको पाइएको छ ।

महानगरपालिकाको कृषि तथा पशुपन्छी विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले घुम्ती खाद्य प्रयोगशाला (मोबाइल भ्यान) सहित सोमबार राती १० बजेदेखि विहान ३ बजेसम्म भित्रिँदा भित्रिँदै गरेका १७४ वटा नमूना लिएर स्थलगत परीक्षण गर्दा यो नतिजा प्राप्त भएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा.ईश्वर सुवेदी भन्छन्, ‘नेपालका करिब २० जिल्लाबाट भित्रिएका तरकारीको नमूना संकलन गरेर परीक्षण गर्दा विषादीको अवशेष मापदण्डभित्र रहेको भेटिएको हो ।’उनका अनुसार फलफूलमा लिचीको नमूना लिइएको थियो । यस्तै सुकेको माछाको पनि नमूना लिएर परीक्षण गरिएको थियो ।

परीक्षणमा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. सुवेदी, खाद्य अनुसन्धान अधिकृत सुशान्त निरौला, अनुसन्धान अधिकृत पदम भुषाल, महानगरपालिकाका फुड टेक्नोलोजिष्ट अशोक पराजुली सहभागी थिए ।  परीक्षणका लागि काँक्रो, घिरौला, तीते करेला, आलु, भन्टा, काउली, बन्दाकोबी, सिमी, धनियाँलगायत तरकारीको नमूना लिइएको थियो ।

तरकारी बजारमा फलफुल नआउने भएकोले  फलफुलमा लिचीको नमूना लिइएको थियो । संकलित नमूनाहरुको आरबीपीआर (¥यापिड वायोसे अफ पेष्टिसाइड्स रिसिड्युज) विधिबाट अर्गानोफोस्पेट र कार्वामेट समूहका विषादीहरु परीक्षण गरिएको हो । संकलित तरकारीका नमूनाहरु चितवन, काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, सर्लांही, धादिङ्, नुवाकोटलगायत जिल्लाका विभिन्न स्थानबाट ल्याइएका थिए ।

प्रकाशित मिति : २०८२, २० जेष्ठ मंगलबार  १२ : ५३ बजे

देशको विकासको गति तिव्र रुपमा अगाडि बढाउन आवश्यक : गर्भनर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले देशको विकासको

नेपालमा अब रोजगार खोज्ने होइन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने

निकृष्ट राजनीतिक प्रवृत्ति बन्द गर्न गृहमन्त्रीको चेतावनी

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र

बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बालबालिकाले सडकमा

आज बागमती प्रदेशसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिने 

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ ।