२०८२, २९ चैत्र सोमबार

दशैको लागि झिकेको दुई लाख लुट्ने तामाङ पक्राउ

दशैको लागि झिकेको दुई लाख लुट्ने तामाङ पक्राउ


भक्तपुर, २५ असोज रु दुई लाख लुटपाट गरी फरार भएका लुटेरालाई प्रहरीले आज पक्राउ गरेको छ ।

मध्यपुरथिमि नगरपालिका–५ सयपत्री टोलका जया कोइरालाले दशैँका लागि मनि ट्रान्सफरबाट रु दुई लाख झिकेर झोलामा राखी लैजाँदै गर्दा मोटरसाइकलमा आएका दुई जनाले नगद बोकेको उक्त झोला लुटेर भागेका थिए ।

भक्तपुर चाँगुनारायण नगरपालिका– २ दुवाकोट सडकस्थित हनुमन्ते पुलमा नगद बोकेको झोला लुटेर भाग्ने दुई जनामध्ये एक जनालाई लुटेको रकम र सो कार्यमा प्रयोग भएको मोटरसाइकलसहित पक्राउ गरेको छ ।

पक्राउपर्नेमा सिन्धुपाल्चोक बलेफी घर भई हाल मध्यपुरथिमि चपाचो बस्दै आएका २० वर्षीय सुजन तामाङ रहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।

तामाङका साथबाट लुटपाटमा प्रयोग भएको बा९१प ५५१३ नंको मोटरसाइकल र लुटिएको नगद रु दुई लाख बरामद गरेको उहाँले जानकारी दिनुभयो । लुटपाटमा संलग्न अर्को एक जनाको खोजी कार्य भइरहेको पनि प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो ।

प्रनाउ केसीका अनुसार कोइरालाले सल्लाघारीमा रहेको दुई वटा मनिट्रान्सफरबाट रु एकरएक लाख झिकेर कागजमा पोको पारी झोलामा हालेर घर जाँदै गर्दा मोटरसाइकलमा आएका दुई लुटेराले झोला खोसेर लगेको जानकारी पाएलगत्तै प्रहरीले चौतर्फी नाकाबन्दी गरेर खोजी गरेको बताउनुभयो ।

दशैँको आगमनसँगै चोरी र लुटपाटका घटना हुनसक्ने भन्दै प्रहरीले व्यापक निगरानी बढाएको जानकारी उहाँले दिनुभयो । प्रनाउ केसीले भन्नुभयो, “चाडबाडको मुखमा चोरी, लुटपाट र अन्य अपराधका घटना बढ्न सक्छ, यसलाई मध्यनजर गर्दै हामीले व्यापकरुपमा प्रहरी परिचालन गरेका छौँ ।”

सादा पोषाकका प्रहरी, गस्ती प्रहरी, मोबाइल भ्यान, दिवा र रात्रि गस्ती, एम्बुसिङ, छड्के चेकिङ बढाएको तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको प्रनाउ केसीले बताउनुभयो । अपरिचित व्यक्ति आएमा वा शङ्कास्पद कुनै गतिविधि गरेमा तत्काल प्रहरीलाई खबर गर्नसमेत सर्वसाधारणमा उहाँले आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २०७५, २५ आश्विन बिहीबार  ६ : ५९ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४