२०८३, २४ कार्तिक मंगलबार

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा


इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना छन्, तैपनि मानिस हरेक बिहान नयाँ आशासहित उठ्छ र यही भोगाइ बोकेको ‘म बाँचेको सार के हो खोजी गर्दै छु’ गीत गायिका ऋचा काफ्लेको स्वरमा सार्वजनिक भएको छ ।

विश्लेषक तथा गीतकार डम्बर खतिवडाको शब्द र मोहन तिम्सिनाको सङ्गीत रहेको गीतले पिडाबिच पनि सपना देख्न नछाड्ने मानिसको अन्तरमनलाई समेटेको छ ।

गीतको सुरुवाती पङ्क्तिले बाँच्नुको अर्थ खोज्छ भने ‘दिनदिनै बौरिँदै छु दिनै मर्दै छु’ भन्ने अभिव्यक्तिले चोटले टुट्ने र आशाले फेरि उठ्ने मानवीय अवस्थालाई उजागर गर्छ । ‘केही चाहना छन्, बलेँसीमा रुन्छन्’ र ‘केही भावना छन्, अचानोमा हुन्छन्’ जस्ता पङ्क्तिले परिचित बिम्बमार्फत अधुरा रहर र मनका पीडालाई जीवन्त बनाएका छन् ।

झरी, बादल र भेलबिच अघि बढिरहेको पात्र ‘तर पनि इन्द्रेणीको सिँढी चढ्दै छु’ भन्दै दुःखबाट उज्यालोतर्फ पुग्ने सपना जोगाइरहन्छ । गीतमा चन्द्रमा छुने सुख र मुटु ठुँग्ने चोट सँगसँगै आउँछन्, जसले एउटै जीवनभित्र गाँसिएका खुसी र दुःखको यथार्थ बोल्छन् ।

यस्तो भाव बोकेको गीत लिएर आएकी ऋचा स्वास्थ्य सेवा, अध्ययन र पारिवारिक जिम्मेवारीसँगै गायनलाई निरन्तरता दिइरहेकी छन् । सुनसरीको बकलौरी स्वास्थ्य चौकीमा नर्सका रूपमा कार्यरत उनी हाल अध्ययन बिदामा पूर्वाञ्चल विश्वविद्यालयमा नर्सिङको थप अध्ययन गरिरहेकी छन् ।

दुई छोराको हेरचाह र पडाइबिच सङ्गीतका लागि समय निकालिरहेकी ऋचाको औपचारिक गायन यात्रा २०७४ सालमा ‘नफक्रँदै फूलको चोला’ गीतबाट सुरु भएको थियो । एक दर्जनभन्दा बढी गीतमा एकल स्वर दिइसकेकी उनका ‘एक आनी दुवानी’ र ‘कुरा बुझे बरिलै’ लगायतका गीत सार्वजनिक छन् । नयाँ गीतले बाँच्नुको अर्थको ठोस उत्तर दिँदैन, तर हरेक चोटपछि फेरि उठ्ने र आशा जोगाइराख्ने प्रयासमै जीवनको

प्रकाशित मिति : २०८३, ७ कार्तिक शनिबार  १० : १५ बजे

देउसी-भैलोका नाममा हुने अमर्यादित गतिविधि रोक्छौं : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चाडपर्वका नाममा हुने अश्लील तथा

माछा व्यापारी र भन्सार कर्मचारी बीच सेटिङको चर्चा, पटक पटक पक्राउ परेकालाई जरिवानामा सहुलियत

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ नगवामा रहेको सुरज फिस सप्लायर्सको माछा

चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला हङ्कङ निर्यात

चितवन । चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला

रसुवाका पिडित वालबालिकालाई लायन्स क्लवको शैक्षिक सामाग्री सहयोग

नुवाकोट। रसुवाको बिनासकारी बाढी पहिरोमा परि विद्यालय जान नसकिरहेका वालवालिकालाई