२०८२, २८ चैत्र आईतबार

नेकपाको सचिवालय बैठक सकियो, नेपालको असन्तुष्टि कायमै

नेकपाको सचिवालय बैठक सकियो, नेपालको असन्तुष्टि कायमै


काठमाडौँ, २२ असोज । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आउँदो बुधबार पनि बस्ने भएको छ । सोमबार बसेको बैठकले स्थायी समिति बैठकका एजेण्डा तय गर्न बुधबार पुनः सचिवालयको बैठक बोलाउने निर्णय गरेको हो ।

स्थायी समितिको बैठक बस्ने भनिएपनि मिति भने तय गरिएको छैन । स्थायी समिति बैठकको मिति पनि बुधबारकै सचिवालय बैठक तय गर्ने नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए ।

सोमबारको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली, प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो भ्रमणका बारेमा जानकारीसमेत गराएका थिए । बैठकमा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको अहिलेको परिवर्तन र शान्ति प्रक्रियाको बारेमा विश्वलाई जानकारी गराएको, दुई पक्षीय सम्बन्ध बिस्तारको लागि उच्च स्तरिय भेटघाट भएको र सफल भएको बारे जानकारी गराएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

त्यस्तै बैठकमा माधव नेपालले चीन र घाना भ्रमण र प्रवक्ता श्रेष्ठको चीन भ्रमणका विषयमा अवगत गराएका थिए । तर, सोमबारको सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिले भने प्रवेश नपाएपछि असन्तुष्टि कायमै रहेको छ ।

अघिल्लो सचिवालय बैठकपछि पार्टी नेतृत्वमा देखिएको असन्तुष्टिका विषयमा सोमबार नभएको प्रवक्ता श्रेष्ठले बताए । उनका अनुसार आउँदो बुधबार बिहान ८ बजे बस्ने अर्को सचिवालय बैठकमा विवादित विषयमा छलफल हुनेछन् ।

प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार  २ : ४७ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४