२०८२, २८ चैत्र आईतबार

खाग तस्कर १० वर्षपछि पक्राउ

खाग तस्कर १० वर्षपछि पक्राउ


चितवन, २१ असोज: भारतमा लुकिछिपी बसेका गैंँडाको खाग तस्कर १० वर्षपछि पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जले फरार रहेका नवलपरासीको कावासोती–१० रतौलीका ईश्वरीप्रसाद महतोलाई शुक्रबार पक्राउ गरेको हो ।

निकुञ्जका सूचना अधिकारी नरेन्द्र अर्यालका अनुसार महतो नेपाल छिरेको सूचनाका आधारमा ४५ दिनदेखि पिछा गरी नवलपरासीको अमलटारीबाट पक्राउ गरिएको हो । महतो सो क्षेत्रमा दुई गैँडा मार्ने कार्यमा संलग्न रहेको निकुञ्जले आरोप लगाएको छ ।

विसं २०६६ असोज २८ गते महतोसहित सात जनाविरुद्ध गैंँडा मारेर खाग चोरी बिक्री गरेको आरोपमा दुई मुद्दा दर्ता भएको थियो । विसं २०७१ असार १० गते निकुञ्जले महतोलाई १५ वर्ष कैद र रु ५० हजार जरिवानाको फैसला गरेको थियो । अर्काे मुद्दामा पनि १५ वर्ष कैद र रु ८० हजार जरिवानाको फैसला भएको सूचना अधिकारी अर्यालले जानकारी दिनुभयो । महतोलाई शुक्रबार नै जिल्ला कारागार भरतपुर चलान गरिएको छ ।
– रासस

प्रकाशित मिति : २०७५, २१ आश्विन आईतबार  ६ : २६ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४