२०८२, ८ फाल्गुन शुक्रबार

भ्रमण अत्यन्त फलदायी भयोः प्रधानमन्त्री ओली

भ्रमण अत्यन्त फलदायी भयोः प्रधानमन्त्री ओली


काठमाडौँ, १८ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो संयुक्त राज्य अमेरिका र कोष्टारिकाको भ्रमण अत्यन्त फलदायी र नेपालको हित प्रवद्र्धनमा सफल रहेको बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घको ७३ औँ महासभामा भाग लिई आज स्वदेश फर्केपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अतिकम विकसित र भूपरिवेष्टित राष्ट्रका समस्याप्रति विश्वको ध्यानाकर्षण गराउँदै त्यस्ता देशलाई थप सहयोग आवश्यक रहेको विषय जोडदार रुपमा नेपालले उठाएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “मैले संविधान जारी भएसँगै राजनीतिक स्कटकाल अन्त्य भएको, द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रियालाई टु्ंगोमा पु¥याएको र नेपालले अवलम्बन गरेको स्वतन्त्र परराष्ट्र नीति तथा नेपालको विश्व सम्बन्धमा बढेको पहुँचको विषयसहित १२ वर्षमा सम्पन्न भएको युगान्तकारी राजनीतिक परिवर्तन र नेपालले हाल अवलम्बन गरेको आर्थिक समृृद्धिको दिशा र सुशासनको नीतिका बारेमा धारणा राखेँ ।”
-रासस

प्रकाशित मिति : २०७५, १८ आश्विन बिहीबार  ७ : ३९ बजे

सप्तरीमा एमाले झण्डा र उम्मेदवारको तस्वीर जलाएको भिडियो सार्वजनिक

राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २, महदेवा गाउँपालिकाबाट प्रतिनिधिसभा सदस्य

नेकपाका २ दर्जन कार्यकर्ताले उठाए बिद्रोहको झण्डा, मनोजजंगलाई बिजयी गराउने उद्घोष

सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्यको निर्वाचन

रास्वपा सभापतिकै घरबाट तीन थान भरूबा बन्दुक बरामद

सिन्धुली । निर्वाचनको मिति नजिकिंदै गएका बेला सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र

देश जलाउनेले देश बनाउने पार्टीको झण्डा जलाए : एमाले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले बिहीबार राति नेकपा

झण्डा जलाउने रास्वपा कार्यकर्तालाई नेशनल भोलेन्टियर फोर्सको कडा चेतावनी

काठमाडौं। दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले नेकपा एमालेको