२०८३, १८ कार्तिक बुधबार

भारतको चिनी निर्यात प्रतिबन्धको लाभ नेपाली उद्योगलाई, एभरेष्ट सुगरको व्यापार ३ अर्ब नाघ्यो

भारतको चिनी निर्यात प्रतिबन्धको लाभ नेपाली उद्योगलाई, एभरेष्ट सुगरको व्यापार ३ अर्ब नाघ्यो


काठमाडौं । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा स्वदेशी चिनीको माग बढेको छ। यसको प्रत्यक्ष लाभ नेपाली चिनी उद्योगले लिन थालेका छन्। यही अवसरमा एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिजले एकै आर्थिक वर्षमा ३ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेको छ।

व्यवसायी शशिकान्त अग्रवाल र सर्राफ परिवारको स्वामित्वमा रहेको कम्पनीले आर्थिक वर्ष २०२६ मा ३ अर्ब २ करोड रुपैयाँको कारोबार गरेको हो। यो अघिल्लो आर्थिक वर्ष २०२५ को २ अर्ब १५ करोड रुपैयाँको तुलनामा करिब ४० प्रतिशत बढी हो।

कम्पनीको कारोबारमा भएको वृद्धिको मुख्य कारण भारतले सन् २०२६ मेदेखि चिनी निर्यातमा लगाएको प्रतिबन्ध र त्यसपछि नेपाली बजारमा बढेको स्वदेशी चिनीको माग रहेको देखिएको छ। यसबाहेक ग्राहकबाट अग्रिम रकम संकलन हुनुले पनि कारोबार विस्तारमा सहयोग पुर्‍याएको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ।

तर, कारोबार बढे पनि कम्पनीको नाफामा भने दबाब देखिएको छ। उखुजस्ता कच्चा पदार्थको मूल्य वृद्धि, उत्पादन लागत र बजार प्रतिस्पर्धाका कारण कम्पनीको सञ्चालन नाफा दर आर्थिक वर्ष २०२५ को १९.७५ प्रतिशतबाट घटेर २०२६ मा ११.४० प्रतिशतमा झरेको छ।

त्यस्तै, खुद नाफा दर पनि १२.९४ प्रतिशतबाट घटेर ६.४६ प्रतिशतमा सीमित भएको छ। ब्याज खर्च बढ्नु र सञ्चालन नाफा घट्नुले कम्पनीको खुद नाफामा असर पारेको देखिन्छ।

कम्पनीको ब्याज भुक्तानी क्षमता मापन गर्ने अनुपात पनि अघिल्लो वर्षको ९.५८ गुणाबाट घटेर ६.०४ गुणामा पुगेको छ। यद्यपि, ऋण सेवा कभरेज अनुपात ३.१६ गुणा रहेकाले कम्पनीको साँवा तथा ब्याज भुक्तानी क्षमता अझै सन्तोषजनक रहेको इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले जनाएको छ।

सन् १९९४ मा स्थापना भएको एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिजको कर्पोरेट कार्यालय धनुषाको जनकपुरमा र उत्पादन केन्द्र महोत्तरीको गौशालामा रहेको छ। उद्योगले दैनिक ५ हजार ५ सय टन उखु पेल्ने क्षमता राख्छ।

कम्पनीले सल्फररहित दोहोरो प्रशोधित चिनी उत्पादन गर्दै आएको छ। साथै, उखु पेलेपछि बाँकी रहने खोस्टाबाट ९ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्छ। त्यसमध्ये ३ मेगावाट विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गर्दै आएको छ।

यसरी भारतको निर्यात प्रतिबन्धले नेपाली चिनी उद्योगका लागि बजार विस्तारको अवसर सिर्जना गरे पनि बढ्दो उत्पादन लागत र घट्दो नाफा दरले उद्योगको दीर्घकालीन प्रतिस्पर्धात्मक क्षमतामा चुनौती थपेको देखिन्छ।

प्रकाशित मिति : २०८३, १८ कार्तिक बुधबार  ४ : १२ बजे

आईजीपी प्रकरणसहित समसामयिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पदाधिकारी तथा शीर्ष नेताहरूको बैठक

भारतको चिनी निर्यात प्रतिबन्धको लाभ नेपाली उद्योगलाई, एभरेष्ट सुगरको व्यापार ३ अर्ब नाघ्यो

काठमाडौं । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा स्वदेशी

दानबहादुर कार्की हटाउन रास्वपाकै निर्देशन आएको थियो : मन्त्री पोखरेल

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गर्न

बाथरोग उपचारमा नयाँ पहल : धुलिखेल अस्पतालमा अन्तर्राष्ट्रिय विशेषज्ञको जमघट (तस्वीरमा)

धुलिखेल । नेपालमा बाथरोगको पहिचान र उपचारलाई प्रभावकारी बनाउने तथा

नेपाल प्रहरीको कमान्ड अब मनोज केसीको हातमा

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा एआईजी डा.